काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार इन्दिरा रानामगरलाई चुनावी प्रतिस्पर्धामा समर्थन जनाएका छन्। उनले रानामगरको निवासमै पुगेर भेटघाट गर्दै अभियानप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, परिवर्तनमुखी सोच, सुशासनको अभ्यास र जनउत्तरदायी नेतृत्वको आवश्यकता विषयमा छलफल भएको बालेनको सचिवालयले जनाएको छ। छलफलमा दुवै पक्षले वर्तमान राजनीतिक प्रणालीमा सुधार र जनविश्वास अभिवृद्धिको आवश्यकता औँल्याएका थिए।
साह स्वयं झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन प्रतिस्पर्धामा रहेका छन्। यस्तै परिस्थितिमा पनि उनले झापा-२ मा रानामगरको उम्मेदवारीले सकारात्मक राजनीतिक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै सफलताका लागि सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
पूर्वउपसभामुखसमेत रहेकी इन्दिरा रानामगर झापा-२ मा पूर्वसभामुख देवराज घिमिरेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख राना बंगलादेश प्रस्थान