चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन प्रचार–प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले गतिविधि सञ्चालन गर्न आग्रह गरेका हुन्।
चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि स्वीकार गर्ने मनोवृत्तिसहित अघि बढ्नुपर्ने बताए। उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै उत्तेजना फैलाउने वा भड्काउने गतिविधिबाट सबै राजनीतिक दल टाढा रहनुपर्नेमा जोड दिए।
उनले पार्टीपंक्तिलाई अन्य दलका नेता तथा कार्यकर्ताप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गर्दै निर्वाचनको वातावरण शान्त र सौहार्दपूर्ण बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए। साथै, नागरिकको असन्तुष्टि र आक्रोश अभिव्यक्त गर्ने माध्यम मताधिकार नै भएको उल्लेख गर्दै विचार र भावना मतदानमार्फत व्यक्त गर्न उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने