परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०८२, १३ : २२
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेपछि नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको भावी दिशाबारे धारणा सार्वजनिक गरेका छन्।

उनले संगठनलाई थप परिष्कृत र सक्षम बनाउँदै मुलुकको समग्र विकास र समुन्नतितर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सभापति थापाका अनुसार काँग्रेसले संस्थागत सुधार, सुशासन र नीतिगत स्पष्टतामार्फत देश निर्माणको दायित्व पूरा गर्ने लक्ष्य लिएको छ। उक्त प्रतिबद्धता पार्टीपंक्तिलाई सम्बोधन गर्दै व्यक्त गरिएको हो।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थापालाई काँग्रेसले आगामी नेतृत्वका लागि सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै निर्वाचन मैदानमा उतारेको छ।

प्रतिक्रिया दिनुहोस