चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् ।
मंगलबार चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निवार्चन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनले आफूले चितवनमा धेरै विकासका काम गरेकाले जनताले विश्वास गर्ने बताइन् ।
त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
रेनु दाहाल : संविधानसभा देखि नगरसभासम्म कानुन निर्माणमा खारिएकी नेतृ