चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०८२, १५ : २५
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता

चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् ।

मंगलबार चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निवार्चन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले आफूले चितवनमा धेरै विकासका काम गरेकाले जनताले विश्वास गर्ने बताइन् ।

त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस