चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले आगामी संसदीय निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ राजीनामा दिएको जनाइएको छ।
राजीनामापछि संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भरतपुर महानगरपालिकाको विकास, सुशासन र सेवा प्रवाहमा जनप्रतिनिधि तथा कर्मचारीको सहकार्यप्रति आभार व्यक्त गरिन्। उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र शहरी व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण पहलहरू अघि बढाइएको उल्लेख गरिन्।
उनले भनिन्, 'भरतपुरवासीको विश्वास र साथले यहाँसम्म आइपुगेँ। अब नयाँ जिम्मेवारीका लागि जनताको अदालतमा जाने निर्णय गरेकी छु।'
दाहालको राजीनामापछि महानगरपालिकाको नेतृत्व सम्हाल्ने विषयमा कानुनी प्रक्रिया अनुसार आवश्यक व्यवस्था गरिने बताइएको छ । आगामी दिनमा उनको संसदीय राजनीतिक यात्रालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको चुनाव खर्च १४ लाख
भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट