काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजकाे दिन विशेष दिन भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको दिनलाई संकेत गर्दै उनले भने– 'हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ।'
ओलीले थप भनेका छन्– 'हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। '
ओलीले आज झापा ५ बाट एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी