काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास पैदा भएको बताएका छन् ।
रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौँ भन्ने यकिन भएको बताए ।
‘बालेनसँग भेट भएको पाँच मिनेटै थाहा थियो हामी सँगै हिँड्न सक्छौँ । वार्ता ५ मिनेटमै सकिएको हो, बाँकी समय त एक अर्कालाई चिन्नमा खर्च गरेका थियौँ,’ उनले भने, ‘मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ ।’
बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै आफूले अब देश बालेनले बनाउँछ भन्ने विश्वास व्यक्त गरेको उनले सुनाए ।
‘बालेनसँगको पहिलो भेटपछि घर गएर मैले मेरी स्वर्गीय आमाको फोटोसँग कुरा गरेँ । मेरी श्रीमती साक्षी थिइन् । मैले भने, ‘आमा अब देश बालेनले बनाएछ । हाम्रा सपना बालेनले पूरा गर्छ,’ लामिछानेले भने, ‘मलाई बालेनसँगको पहिलो भेटमै यो विश्वास पैदा भएको थियो ।’
उनले आफू जेल नै जानु परे पनि कुनै चिन्ता नलागेको पनि बताए ।
बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टरमा भागेको सरकारले मलाई मुद्दै मुद्दा लगाएको छ । म जेल जान पनि सक्छु,’ उनले भने, ‘तर मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाब लिनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ