चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०८२, १३ : २३
चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

 चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने बताएकी छिन् । आगामी प्रतिनिधि सभामा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन उठ्ने तयारीमा रहेकी दाहालले यस्तो बताएकी हुन् ।

सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा उनले आफू यस पटकको निर्वाचनबाट तरंगित नभएको दाबी गरिन् ।

यसअघि काठमाडौँ-१ मा हेभिवेट नेता प्रकाशमान सिंहसँग भिडेरै आएको उल्लेख गर्दै अहिले पनि आफू नडराउने बताएकी छन्।

चितवन क्षेत्र नम्बर-३ मा रास्वपा नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस