काठमाडौं । नेकपा एमालेले पार्टीका आफ्ना पदाधिकारी आगामी निर्वाचनमा जसरी पनि जित्नेगरी सुरक्षित गर्ने रणनीति बनाएको छ । सोही अनुसार टिकट वितरण देखि परिचालनसम्मका योजनामा एमाले लागेको छ ।
शनिबार अबेरसम्म बसेको एमाले सचिवालय बैठकले १४० वटा निर्वाचन क्षेत्रका उम्मेदवार चयन गरेको छ । जसमा अध्यक्ष केपी ओलीले आफु पक्षका नेताहरुको सुरक्षित ब्यवस्थापन रणनीति बनाएका छन् भने इतर समुहका नेताहरुका बारेमा भने लाखापाखाको निति समेत बनाएका छन् ।
ओलीले पार्टी सचिवालयका केही पदाधिकारीलाई समानुपातिकतर्फबट सुरक्षित हुने योजना पहिले नै बनाईसकेका थिए । अहिले फेरि प्रत्यक्षमा नेताहरुको निर्वाचन जित्न सहज हुने सुरक्षित स्थान खोजी गरेर उम्मेदवार बनाएको छ ।
उपाध्यक्ष विष्णु पौडेल जहिल्यै रुपन्देही २ बाट निर्वाचित हुँदै आएका थिए । तर यसपटक उनलाई सुरक्षित बनाउन एमालेले पाल्पा २ मा उम्मेदवार बनाएको छ । पाल्पा २ यसअगाडी ठाकुर गैरेले चुनाव जितेका थिए । गैर एमाले ११ औं महाधिवेशनमा इश्वर पोखरेल समुहबाट प्रतिस्पर्धामा थिए । तर यसपटक उनको क्षेत्रको टिकटमा कैची लगाउँदै विष्णु पौडेललाई त्यहाँ सारिएको छ ।
उक्त क्षेत्र एमालेका लागि सुरक्षित मानिएको छ । सोही कारण विष्णु पौडेलले पनि पाल्पा २ रोजेका छन् । विष्णु पौडेल पाल्पा सरेपछि एमालेका कतिपय नेताहरुले ठाकुर गैरेको पाप लाग्ला है विष्णु कमरेड भनेर समेत सामाजिक सन्जालमा लेखेका छन् । उता मोरङ ३ बाट चुनाव लड्दै आएका भानुभक्त ढकाल यसपटक भने तेहथुममा उम्मेदवार बनेर जान लागेका छन् । एमालेले उनलाई तेहथुममा उम्मेदवारको टिकट दिएको छ । उनी एमालेका सचिव हुन् ।
मोरङ ३ मा उनी पनि असुरक्षित भएपछि त्यहाँ सारिएको हो । उपाध्यक्षहरु रामबहादुर थापा (बादल), सचिव पद्मा अर्याल लगायत ओली निकट पदाधिकारीलाई भने समानुपातिकका विभिन्न क्लष्टरमा पहिलो सूचीमा नाम राखिएको छ ।
ओली आफै भने पूरानै निर्वाचन क्षेत्र झापा ५ मै चुनाव लड्ने भएका छन् । एमाले सचिवालयले ओली बाहेक प्राय पदाधिकारीलाई शहरी क्षेत्रबाट क्रमशः पाहाडी क्षेत्रमा सारेर सुरक्षित बनाउने योजना बनाएको उम्मेदवार चयनले देखाएको छ । सहरी क्षेत्रमा रास्वपा लगायत वैकल्पिक शक्तिहरुको प्रभाव देखिएपछि एमालेले त्यस्तो रणनीति अबलम्बन गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित