काठमाडौं । नेकपा एमालेले पार्टीका आफ्ना पदाधिकारी आगामी निर्वाचनमा जसरी पनि जित्नेगरी सुरक्षित गर्ने रणनीति बनाएको छ । सोही अनुसार टिकट वितरण देखि परिचालनसम्मका योजनामा एमाले लागेको छ ।
शनिबार अबेरसम्म बसेको एमाले सचिवालय बैठकले १४० वटा निर्वाचन क्षेत्रका उम्मेदवार चयन गरेको छ । जसमा अध्यक्ष केपी ओलीले आफु पक्षका नेताहरुको सुरक्षित ब्यवस्थापन रणनीति बनाएका छन् भने इतर समुहका नेताहरुका बारेमा भने लाखापाखाको निति समेत बनाएका छन् ।
ओलीले पार्टी सचिवालयका केही पदाधिकारीलाई समानुपातिकतर्फबट सुरक्षित हुने योजना पहिले नै बनाईसकेका थिए । अहिले फेरि प्रत्यक्षमा नेताहरुको निर्वाचन जित्न सहज हुने सुरक्षित स्थान खोजी गरेर उम्मेदवार बनाएको छ ।
उपाध्यक्ष विष्णु पौडेल जहिल्यै रुपन्देही २ बाट निर्वाचित हुँदै आएका थिए । तर यसपटक उनलाई सुरक्षित बनाउन एमालेले पाल्पा २ मा उम्मेदवार बनाएको छ । पाल्पा २ यसअगाडी ठाकुर गैरेले चुनाव जितेका थिए । गैर एमाले ११ औं महाधिवेशनमा इश्वर पोखरेल समुहबाट प्रतिस्पर्धामा थिए । तर यसपटक उनको क्षेत्रको टिकटमा कैची लगाउँदै विष्णु पौडेललाई त्यहाँ सारिएको छ ।
उक्त क्षेत्र एमालेका लागि सुरक्षित मानिएको छ । सोही कारण विष्णु पौडेलले पनि पाल्पा २ रोजेका छन् । विष्णु पौडेल पाल्पा सरेपछि एमालेका कतिपय नेताहरुले ठाकुर गैरेको पाप लाग्ला है विष्णु कमरेड भनेर समेत सामाजिक सन्जालमा लेखेका छन् । उता मोरङ ३ बाट चुनाव लड्दै आएका भानुभक्त ढकाल यसपटक भने तेहथुममा उम्मेदवार बनेर जान लागेका छन् । एमालेले उनलाई तेहथुममा उम्मेदवारको टिकट दिएको छ । उनी एमालेका सचिव हुन् ।
मोरङ ३ मा उनी पनि असुरक्षित भएपछि त्यहाँ सारिएको हो । उपाध्यक्षहरु रामबहादुर थापा (बादल), सचिव पद्मा अर्याल लगायत ओली निकट पदाधिकारीलाई भने समानुपातिकका विभिन्न क्लष्टरमा पहिलो सूचीमा नाम राखिएको छ ।
ओली आफै भने पूरानै निर्वाचन क्षेत्र झापा ५ मै चुनाव लड्ने भएका छन् । एमाले सचिवालयले ओली बाहेक प्राय पदाधिकारीलाई शहरी क्षेत्रबाट क्रमशः पाहाडी क्षेत्रमा सारेर सुरक्षित बनाउने योजना बनाएको उम्मेदवार चयनले देखाएको छ । सहरी क्षेत्रमा रास्वपा लगायत वैकल्पिक शक्तिहरुको प्रभाव देखिएपछि एमालेले त्यस्तो रणनीति अबलम्बन गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु
प्रतिनिधिसभा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै
एमालेले माघ ४ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने