काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन जेट) बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् ।
अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफूहरूका लागि निकै कठिन भएको उनको भनाइ छ । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे ।
‘केही समयका लागि दुर्घटनामा पर्यौँ, त्यो दुर्घटनाबाट बाहिर आएका छौँ,’ उनले भनेका छन् ।
उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरु सबै पार्टी पुरानो भइसकेको धारणा राखे । जेन जेड आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०८२, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
११५ दिनमा कुलमानले गरे यि काम (सूचीसहित)
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
'वैकल्पिक शक्तिहरू सबै एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ' : कुलमान घिसिङ
नयाँ शक्तिहरू एक हुन्छौँ’ : कुलमान घिसिङ