काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अद्यावधिकका लागि आफू निर्वाचन आयोग पुगीसकेको र सभापतिसहित पदाधिकारीहरू पुग्नेक्रममा रहेको जानकारी दिइन् ।
बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ ।
उता शेरबहादुर देउवा नेतृत्वको काँग्रेसले भने पार्टीको कुनैविशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ ।
देउवा नेतृत्वको काँग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए । अहिले काँग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०८२, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड