पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीले जानकारी दिए ।
नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ आउँदै गरेको उक्त टिप्पर आज बिहान करिब साढे ४ बजेको समयमा सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिप्पर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक चालकको नाम केशव परियार भएको खुलेको छ । अन्य विवरण नखुलेको प्रहरीको भनाइ छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ हाडथोक र अर्गली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान कार्यमा खटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु