उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०८२, १६ : १७
उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए ।

रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो ।

आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस