झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।
न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खसेर सप्तरी जिल्लाको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए ।
घाइतेलाई तत्कालै मेची आम्दा अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
निर्माणाधीन भवनमा फलामको पाइप सार्ने क्रममा मण्डल चौथो तलबाट अचानक भुइँ तलामा खसेका थिए । घाइते मण्डलको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, ०६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु