काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को हो भन्ने प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गरेका छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारकै भएको उल्लेख गर्दै त्यसलाई जलाउन उक्साउने अभिव्यक्ति कसले दियो भन्ने प्रश्न गरेका हुन्।
‘अब प्रश्न गरौँ, भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ उनले लेखेका छन्।
उनको यो टिप्पणी केही महिनाअघि मेयर बालेन साहले सार्वजनिक बिदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएको प्रसङ्गसँग जोडेर आएको हो। त्यसपछि जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको घटनालाई स्मरण गराउँदै पोखरेलले जिम्मेवारीको प्रश्न उठाएका छन्।
पोखरेलको अभिव्यक्तिलाई मेयर बालेन लक्षित टिप्पणीका रूपमा हेरिएको छ। यस विषयमा मेयर साहको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल