काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को हो भन्ने प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गरेका छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारकै भएको उल्लेख गर्दै त्यसलाई जलाउन उक्साउने अभिव्यक्ति कसले दियो भन्ने प्रश्न गरेका हुन्।
‘अब प्रश्न गरौँ, भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ उनले लेखेका छन्।
उनको यो टिप्पणी केही महिनाअघि मेयर बालेन साहले सार्वजनिक बिदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएको प्रसङ्गसँग जोडेर आएको हो। त्यसपछि जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको घटनालाई स्मरण गराउँदै पोखरेलले जिम्मेवारीको प्रश्न उठाएका छन्।
पोखरेलको अभिव्यक्तिलाई मेयर बालेन लक्षित टिप्पणीका रूपमा हेरिएको छ। यस विषयमा मेयर साहको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल