काठमाडौँ । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।
सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकामा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।
यस्तै, छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित