नेपालमा यूपीएफलाई प्रतिबन्ध लगाऊ : कांग्रेस नेता थापा

विहीबार, २७ मंसिर २०७५, ११ : ०७
नेपालमा यूपीएफलाई प्रतिबन्ध लगाऊ : कांग्रेस नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) लाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।  काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै थापाले प्रतिबन्ध लगाउन माग गरेका हुन् । 
‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले फेसबुकमा स्ट्याटस लेखेका छन् ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यो आफैंमा झुटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’
फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख थियो । तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा र्गयो भन्दै त्यसप्रति आक्रोस पोखेका छन् ।
यूनिभर्सल पिस फेडरेसनले नेपालको मौलिकता र संस्कृतिमा हस्तक्षेप गर्दै संविधानको बर्जित कार्य गरेकाले अबिलम्ब यसलाई नेपालमा प्रतिबन्ध लगाउन थापाले माग गरेका छन् । उनले अन्य धार्मिक संस्थाहरुले पनि फेडरेसनको सिको गरेर गतिविधि सञ्चालन गर्न सक्ने भएकाले त्यसप्रति अंकुश लगाउनुपर्ने थापाको भनाइ छ ।


 

प्रतिक्रिया दिनुहोस