१२ विधामा अस्करको ‘सर्टलिस्ट’ घोषणा

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, १६ : २४
१२ विधामा अस्करको ‘सर्टलिस्ट’ घोषणा

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले आगामी ९८ औं अस्कर अवार्डको लागि १२ विधामा सर्टलिस्ट घोषणा गरेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको फिल्म ‘अञ्जिला’ छनोट हुन सकेन । ८६ मुलुकले पठाएकोमध्ये १५ देशका फिल्ममात्र छनोट भएका छन् ।

जसमा अर्जेन्टिनाको ‘बेलेन’, ब्राजिलको ‘द सेक्रेट एजेन्ट’, फ्रान्सको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’, जर्मनीको ‘साउन्ड अफ फलिङ’, भारतको ‘होमबाउन्ड’, इराकको ‘द प्रेसिडेन्ट्स केक’ छन् ।

प्रतिक्रिया दिनुहोस