एजेन्सी । रुसले सोमबार युक्रेनले राष्ट्रपति भ्लादिमिर पुटिनको नोभगोरोडस्थित सरकारी निवासमा आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार युक्रेनले डिसेम्बर २८ र २९ को राति ९१ ड्रोन प्रहार गरेको हो। तर त्यसलाई रुसको वायु रक्षा प्रणालीले विफल पारेको उनको भनाइ छ।
लाभरोभले आक्रमणको बदला लिने चेतावनी पनि दिएका छन्। उनले आक्रमणलाई आतंकवादको संज्ञा दिएका छन्। तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आरोप पूर्ण रूपमा झुटो र बनावटी भएको बताएका छन्।
उनले भनेका छन्, ‘रुस हामीमाथि आक्रमण गर्ने बहाना खोजिरहेको छ। यसको उद्देश्य किएभमा सरकारी भवनहरूमा आक्रमण गर्नु हो।’
यद्यपि आक्रमणको समयमा पुटिन आफ्नो नोभगोरोड निवासमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन। आक्रमणको कुनै भिडिओ रुसले अहिलेसम्म जारी पनि गरेको छैन।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ पुस २०८२, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने