काठमाडौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
डेढ वर्षदेखि एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
हेर्नुस् सूचना :


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा
१४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी
२३ निर्माण कम्पनी सरकारको कालोसूचीमा