काठमाडौं । केही दिनयता नयाँ बैकल्पिक राजनीतिक शक्ति निर्माणको गृहकार्य गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको ठोस मार्गचित्र अझै फेला परेको छैन ।
तीन वटै पार्टी र समुहको आ आफनो प्रस्ताव र अडानका कारण शनिबार बेलुकीसम्म निश्कर्ष आउने बताइएको वार्ताले ठोस निकास निकाल्न सकेको छैन । तीनै पक्ष एक अर्कालाई गलाउने र आफु माथी हुने दाउमा लाग्दा निकास निस्कन नसकेको हो । रविसँग अहिले बालेन र कुलमान दुवैले आ आफनो प्रस्ताव अगाडी सारेको स्रोतको भनाई छ ।
शनिबार नै त्रिपक्षिय सम्वाद पछि ठोस धारणा बाहिर ल्याउने बताएपनि शनिबार बालेन र रविका बीचमा भेटवार्ता भने हुन सकेन । शनिबार बालेन र कुलमानका बीचमा भने दुई चरण अलग अलग समयमा एकै स्थानमा सम्वाद भएको छ । यी दुईबीच भने एकतामा कुनै समस्या नरहेको स्रोतको भनाई छ ।
रविले बालेनलाई अहिले पहिलो चरणमा बालेन र रास्वपाको बीचमा एकता गर्ने र दोस्रो चरणमा मात्र कुलमानसँग कुरा गर्ने प्रस्ताव राखेको बताइन्छ । तर बालेनले कुलमानलाई छोडेर दुई पक्षका बीचमा मात्र एकताको कुरा ब्यवहारिक नहुने बताएपछि रवि अप्ठ्यारोमा परेका छन् । बालेनले पार्टी एकता सम्भव नभए देश विकास पार्टी र चुनाव चिन्ह्र लौरो लिएर चुनावमा उत्रने तयारी गरिसकेका छन् ।
बालेनले रविसँग नेतृत्व, पार्टी नाम र चुनवा चिन्ह्र सबै स्वीकार गरिसकेपछि प्रतिनिधिसभा चुनावको उम्मेदवारी देखि पार्टी कमिटिमा समेत आधा आधार हिस्सेदारी हुनुपर्ने, चुनाव पछि आफुलाई प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने अडान लिएका छन् । त्यसो हुँदा सहअध्यक्ष बसेर रविलाई नेतृत्व मानेर जान सकिने निश्कर्षमा बालेन छन् । बालेनलाई सहअध्यक्ष र चुनाव पछि प्रधानमन्त्रीको प्रस्ताव गरेर जान तयार भएपनि चुनावको उम्मेदवार चयनमा आधा आधा भागवन्डामा रवि तयार देखिएका छैनन । उनले आफु भित्र उम्मेदवार आकांक्षी धेरै रहेको, तलसम्म संगठनात्मक जालो रहेकोले बालेनलाई बढीमा ४० प्रतिशतसम्म दिन सकिनेमा छन् । तर त्यसो गर्दा कुलमान ल्याउने हो भने बालेनकै भागमा कुलमानको पन िब्इवस्थापन गर्नुपर्ने प्रस्ताव रास्वपाको देखिन्छ । तर बालेनले बराबरी हिस्सेदारी अर्थात ५० प्रतिशत नै हिस्सा खोजेका छन् ।
कुलमानले भने नाम, चुनाव चिन्ह, नेतृत्व, प्रधानमन्त्री सबै अरुलाई छोडेर आफुहरु बिलिन हुने कुराको कल्पना नगरिएको बताएका छन् । ‘सभापति, भावी प्रधानमन्त्री पनि डिक्लियर गरेर जाने । सबै उतै राख्ने । अनि मिलेर जाऊ भन्ने रु यो सामुहिक न्याय र शक्तिको हिसाबले उपयुक्त छैन,’ कुलमानले उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार भनेका थिए, ‘पार्टीको नाम र चुनाव चिह्न हाम्रो रहयो भने अध्यक्ष पनि दिन्छौं । प्रधानमन्त्री पनि छोड्छौं । यसका लागि उहाँहरू ९रविरबालेन० ले आँट गर्नुपर्छ, तर सबै उतैको मानेर विलिन हुने कुरा हामीलाई स्वीकार हुँदैन ।’
कुलमानको पार्टीले वैकल्पिक शक्तिहरुका बीचको एकता नै गर्ने हो भने तीन नेता (रवि, बालेन र कुलमान) रहेको अध्यक्ष मण्डल बनाउने, उम्मेदवारी भागवन्डा मिलाउनुपर्ने र भावी प्रधानमन्त्री लगायतका विषयमा पनि छलफल गरेर जानुपर्ने प्रस्ताव अगाडी सारेको छ ।
रवि, बालेन र कुलमानका आ आफनै सोच र बुझाई रहेकै कारण पनि उनीहरु एक अर्कालाई सहज सम्पूर्ण रुपमा नेतृत्व सुम्पन्न तयार देखिन्नन् । जसकाकारण पनि उनीहरुबीचको एकता छलफलले शनिबार अबेरसम्म ठोस निश्कर्ष निकाल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ पुस २०८२, २२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई मतदाताको प्रश्न- ‘तपाईँको विकास योजना के छ ?’
मोफसलमा फुटबलको छुट्टै क्रेज छ : बालेन
झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन