काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको एक मात्रै समाचार एजेन्सी राष्ट्रिय समाचार समिति(रासस)मा सुधार देखिन थालेको बताउनुभएको छ ।
राससबाहेक अन्य सरकारी सञ्चारमाध्यममा जनशक्तिको अभाव नभएको बताउँदै उहाँले भन्नुभयो,“कण्टेण्ट हेर्दा ‘रासस’को भने अहिले निकै सुधार देखिन्छ ।” आज सञ्चार मन्त्रालयअन्तर्गतका कार्यालयको प्रथम चौमासिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले ‘गोरखापत्र’मा आवरण फरक देखिन थालेको छ भन्दै वितरण प्रणालीलाई चुस्त पार्न आग्रह गर्नुभयो । कोही अदालतमा जाँदैमा काम गर्न डराउन नहुनेमा उहाँले जोड दिनुभयो । ‘गोरखापत्र’लाई अनलाइन संस्करण प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो । ‘गोरखापत्र’मा छापिने विभिन्न भाषाभाषीको समाचारलाई व्यवस्थित गरी सुधार गर्नसमेत मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो ।
मन्त्री बाँस्कोटाले ‘नेपाल टेलिभिजन’लाई एचडीमा जानका लागि नअझ्नि आग्रह गर्नुभयो । टेलिभिजनले आगामी माघसम्म एचडी(हाइ डिफिनेशन)मा जाने गरी काम भइरहेको जनाएको छ ।
मन्त्री बाँस्कोटाले कुनै पनि परियोजना सञ्चालन गर्दा स्रोत व्यक्ति तोकेर काम गर्न सके राम्रो हुने तर्क गर्नुभयो । सञ्चार उपकरणको अभाव रहेकामा भने उहाँले स्वीकार गर्नुभयो । ‘रेडियो नेपाल’ले गुणस्तर र व्यापारमा सुधार गर्न जरुरी रहेको आँैंल्याउँदै उहाँले मिडियाको ऋण र बक्यौता उठाउने विषयमा तदारुकता दिन आग्रह गर्नुभयो । उहाँले सरकारी सञ्चारमाध्यमलाई व्यापारिक उद्देश्यसहितको योजना अगाडि बढाउनुवर्नेमा जोड दिनुभयो । उहाँले ‘गोखापत्र’, ‘रासस’, ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’का प्रतिनिधिलाई ७५३ तहमै परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । काम गर्ने र नगर्ने कर्मचारीलाई छुट्याउन आग्रह गर्दै यसमा कुनै ‘रङ’ हेर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
राससको प्रगति समीक्षा
प्रगति समीक्षा बैठकमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससले विगतमा नेपाली समाचार दैनिक करीब ८० वटा प्रकाशन गर्दै आएकामा अहिले करीब १०० वटा पु¥याइएको जानकारी दिनुभयो । उहाँले राससबाट नेपालका विभिन्न क्षेत्रबाट ६० तस्वीर सम्प्रेषण हुने गरेको र विदेशी एजेन्सीबाट सहकार्य गरेर १८० तस्वीर दैनिक सम्प्रेषण भइरहेको जानकारी दिनुभयो ।
दैनिक रुपमा श्रव्य सामग्री २० र अडियो फिचर दैनिक पाँच वटा जाने गरेको र विगतमा ६५ जिल्लामा सञ्जाल रहेकामा अहिले ७७ वटै जिल्लामा श्रव्य सञ्जाल विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले राससलाई सङ्घीयस्तरमा जाने अवधारणासहित सातै मुख्यमन्त्रीसँग सहकार्य गर्नेगरी प्रस्ताव लगिसकेको समेत बताउनुभयो ।
दुर्गम ठानिएको कर्णाली प्रदेशबाट प्रशिक्षण शुरु गर्न लागिएको जानकारी दिँंदै उहाँले आगामी पुसदेखि प्रशिक्षण शुरु हुने बताउनुभयो । चीन र नयाँ दिल्लीमा राससका स्थायी संवाददाता राख्न लागिएको समेत उहाँले जानकारी दिनुभयो ।
उहाँले सातै प्रदेश कार्यालयमा आवश्यक उपकरण व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो । यस्तै विभिन्न क्षेत्रमा भएका जग्गाको उपयोग गरी स्रोेत वृद्धि गर्न लागिएको अध्यक्ष श्यामलको भनाइ थियो । कार्यालयहरु निरीक्षण गरी आवश्यक निर्देशन र सहयोग गर्न समेत मन्त्री बाँस्कोटालाई उहाँले आग्रह गर्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस