काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए काँग्रेसको सर्मनाक हार हुने बताएका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।
संसद् पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने उनको भनाइ छ । ‘अधिवेशन नगरी निर्वाचनमा जाँदा काँग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ’, पौडेलले भने, ‘अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्यो नि ।’
उनले नेकपा एमालेले समेत महाधिवेशन गरिसकेको सन्दर्भमा अब काँग्रेसले नगरे लाज हुने पनि पौडेलले बताए । ‘एउटा कम्युनिष्ट पार्टीले अधिवेशन गरिसक्यो, उसले सकारात्मक म्यासेज दियो । त्यसैले हामीले पनि महाधिवेशन गरौँ’, पौडेलले भने ।
उनले महाधिवेशनमार्फत पार्टीलाई अद्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सक्छौँ भन्ने कुरामा विश्वास नहुने पनि बताए । ‘हामीले आफ्नो पार्टीलाई अपडेट गर्न सक्दैनौँ, विधानले जे व्याख्या व्यवस्था गरेको हो त्यस अनुसार अगाडि लैजान सक्दैनौँ भने देशलाई लान्छौँ भनेर कसरी पत्याइन्छ रु’ पौडेलले प्रश्न गरे ।
अधिवेशन नगरे, लोभका कारण पद ओगटेर बसेको र परिवर्तन नचाहेको देखिने उनले टिप्पणी गरे । पौडेलले भने, ‘पार्टी निर्वाचनको मुखमा छ, पार्टीमा चलायमान पनि आउँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड
सबै गरेँ भन्दिनँ तर केही बिगारेको छैन : प्रदीप पौडेल
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव