दुई संसदीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, ०९ : ११
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ । 

त्यस्तै दिउँसो साढे २ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा बैठकमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस