ओटीटीमा आउने भयो ‘पीआर’

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, ११ : १५
ओटीटीमा आउने भयो ‘पीआर’

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हलमा प्रदर्शनमा आएको दुई साता नबित्दै ओटीटीमा रिलिज हुने भएको छ ।

यो फिल्मलाई एमएसएम भिडियोले प्लाटफर्ममा ल्याउन लागेको हो । १० पुसदेखि प्रयोगकर्ताले सशुल्क उक्त प्लाटफर्ममा फिल्म हेर्न पाउने जनाइएको छ ।

निर्देशक बस्नेत र प्लाटफर्मका प्रतिनिधिबीच लिखित सम्झौता भएको छ । निर्देशक बस्नेतले हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा दिन लागिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस