आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, ०८ : ५२
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक बस्ने भएको छ ।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।