बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, ०८ : ३४
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जान लागेका छन् । प्रगतिशिल लोकतान्त्रिक पार्टीको संरक्षक बसेर जनार्दन शर्मा, सन्तोष परियार लगायत नेताहरुलाई साथ लिएर नयाँ राजनीतिक कोर्श सुरु गर्न खोजेका भट्टराईको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यधपी, उनको सचिवालयले भने पूर्व निर्वारित कार्यक्रम रहेको र त्यहाँ भारतका बौद्दिक, कुटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग मात्र भट्टराईको भेट हुने बताएको छ । 

ती भेटका क्रमा नेपाल– भारत सम्वन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामायिक विषयमा महत्वपूर्ण विचार विर्मश गर्ने कार्यक्रम रहेको भट्टराईका स्वकीय सचिव रेशी गुरुङले जानकारी दिएका छन् । 
भारतको प्रतिष्ठित सस्था IIT BOMBAY मा आयोजित South Asias Democratic Future M Youth, Techonology And Inclusive Democracy विषयमा भट्टराईले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

उनी त्यसका अतिरिक्त इन्डिया इन्टरनेशनल सेन्टरमा आयोजित कार्यक्रममा पनि विशेष प्रमुख वक्ताका रुपमा सहभागी हुने छन् । उनी पौष ९ गते स्वदेश फर्किने तालिका रहेको उनको सचिवालयले जनाएको छ । 

नयाँ राजनीतिक कोर्स निर्माण गरेर अगाडी जान खोजेको, फागुन २१ मा प्रतिनिधिसभाको चुनाव मिति तोकिएको सन्दर्भमा भट्टराईको नयाँ दिल्लीमा हुन लागेको यो तीन दिने भ्रमण अर्थपूर्ण रहेको राजनीतिक वृत्तमा चर्चा छ । उनले त्यहाँ रहँदा सचिवालयले पुष्टि नगरेपनि त्यहाँका राजनीतिज्ञहरुसँग पनि भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस