काठमाडौँ । जेन जेड अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारका लागि आवेदन दिएका छन् ।
प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि रास्वपाले आवेदन माग गरेको थियो । रास्वपाले गए राति सार्वजनिक गरेको सूचीमा जेन जेड अगुवा यादवको नाम पनि मधेशी क्लष्टरमा छ ।
गत २३ भदौमा प्रदर्शन गर्नका लागि प्रशासनसँग अनुमति लिने मध्येमा यादव पनि एक थिए ।
रास्वपाले १४ पुसमा समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ । त्यसअघि इच्छुक उम्मेदवारसँग रास्वपाले सबै प्रदेशमा छलफल गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो
निर्वाचनलक्षित वाचा पत्र तयार गर्दै रास्वपा