काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्य बन्नका लागि आवेदन दिएका सातै प्रदेशका प्रारम्भिक उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आवेदन दिने सबैलाई धन्यवाद दिँदै उम्मेदवार छनोट समितिले पहिलो चरणको प्रारम्भिक नामावली प्रकाशन गरिएको जनाएको हो। सूचीमा नाम समावेश नभएका वा कुनै विवरणमा त्रुटि देखिएका इच्छुकले सम्बन्धित कार्यवाहक प्रदेश सभापतिसँग सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ।
रास्वपाको मङ्सिर २५ गते बसेको पार्टी सचिवालय बैठकले पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबाट भइरहेको सम्भाव्य सहकार्य, एकता प्रयास तथा जेन–जी अगुवा र सरकारबीच भएको सम्झौतासमेतलाई ध्यानमा राख्दै समानुपातिक उम्मेदवारी आवेदन दिने म्याद पुस ५ गतेसम्म थप गर्ने निर्णय गरेको थियो।
यद्यपि पूर्वनिर्धारित टाइमलाइनअनुसार बिहीबार राति प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गरिएको उक्त पार्टीले जनाएको छ । पार्टीका अनुसार शुक्रबार प्रारम्भिक उम्मेदवारमाथि दाबी–विरोध गर्न सकिने व्यवस्था छ। त्यसपछि उम्मेदवारसँग छलफल तथा अन्तिम नामावली प्रकाशन गरिर चुनाव हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति