काठमाडौँ। ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठ छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालतको २३ असार २०८१ को फैसला अनुसार अनुसार उनलाई ५ दिन कैद र ३६ लाख जरिवानाको फैसला भएको थियो ।
स्वयम्भूबाट पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ