एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरामा डकुमेन्ट्री विवादमा बीबीसीविरुद्ध मानहानि मुद्दा हालेका छन्।
२०२१ जनवरी ६ मा आफूले दिएको भाषणलाई गलत सन्देश जानेगरी काँटछाँट गरेको भन्दै ट्रम्पले बीबीसीविरुद्ध फ्लोरिडा अदालतमा मुद्दा दायर गरेका हुन्। जसमा उनले आफ्नो मानहानि भएको उल्लेख गर्द अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्।
यस विषयमा बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको थियोे।
ट्रम्पको कानुनी टोलीले बीबीसीले उनको भाषणलाई 'जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा परिवर्तन' गरेर उनको छविलाई क्षति पुर्याएको दाबी गरेको छ।
बीबीसीले अहिलेसम्म मुद्दाको जवाफ दिएको छैन। ट्रम्पले बीबीसीविरुद्ध मानहानि र फ्लोरिडाको व्यापार अभ्यास कानुन उल्लङ्घनको अर्को मुद्दा पनि दायर गर्दै छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ पुस २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी