काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्नका लागि तयार गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सो विधेयकबारे छलफल सुरु गरिएको हो ।
सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदमा यो विधेयकप्रति व्यापक चासो देखिएको बताए ।
संसदको प्राथमिकतामा रहेको यो विधेयकमा ७५ जना सांसदहरूले सक्रियताका साथ भाग लिएको मन्त्री पाण्डेले जानकारी दिए । उनले सरकारले यो विधेयक कुनै संस्था टुक्र्याउने उद्देश्यले नभइ व्यवस्थित पार्ने दृष्टिकोणबाट ल्याएको स्पष्ट पारे ।
मन्त्री पाण्डेका अनुसार विधेयकमा आठवटा प्रमुख सूचक समावेश छन् । कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड युनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधनमार्फत अघि बढ्ने सहमति पनि भइसकेको मन्त्री पाण्डेले जानकारी दिए ।
छलफलको क्रममा विज्ञ तथा संशोधनकर्ताहरूको धारणा समेटिने उनले विश्वास व्यक्त गरे । साथै, हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको जानकारी दिँदै ती विषय पनि छिट्टै अगाडि बढाइने उनको भनाइ थियो ।
हवाई दुर्घटनापछि पाउने बीमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नतालाई हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०२५-२०३५ लाई ‘पर्यटन दशक’ मनाइने
मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी
पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित