काठमाडौँ। विराटनगरबाट प्रहरीले १ सय ३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले बिहीबार विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल नजिकबाट सुनसरीको हरिनगरा गाउँपालिका-७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा-४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ