काठमाडौँ । मुगुका स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो (दियालो) उपहार दिएका छन् ।
कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ऊर्जा मन्त्री घिसिङलाई प्रतीकात्मक रूपमा झरो (दियालो) उपहार दिएर युवाहरूले स्थायी विद्युत् सुविधा माग गरेका छन् ।
युवाहरूका अनुसार मुगुमा करिब ७० हजार जनसंख्या छ । ७० हजार जनसंख्यामध्ये सुचारु रूपमा विद्युत् सेवा पाउन सक्ने संख्या केवल करिब ३५ सयमा सीमित छ ।
अधिकांश नागरिकहरू प्राविधिक युगमा पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा जीवन गुजार्न बाध्य रहेको भन्दै उनीहरूले ऊर्जा मन्त्री घिसिङको ध्यानाकर्षण गरेका हुन् ।
ध्यानाकर्षण पत्रमा उनीहरूले मुगुको विद्युतिकरण केवल पूर्वाधार विकासको विषय नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन् ।
युवाहरूले मुगुको विशाल भू-भाग अझै राष्ट्रिय ग्रिडसँग जोडिन नसक्नु, आपूर्ति अस्थिर हुनु र वितरण संरचना कमजोर रहनु मुख्य चुनौती भएको लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश’ : ऊर्जा मन्त्री घिसिङ
ऊर्जा मन्त्री घिसिङ र भारतीय समकक्षीबीच भेट
जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी