काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् ।
ऊर्जा मन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री अर्याल चाबहिल चोकबाट जेन जेडको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानुन मन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन् ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ । शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १४ : ०५
लेखकबाट थप