काठमाडौ । सरकारले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।
प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गर्न मन्त्रालयले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको छ ।
बिहीबार प्रकाशित सूचना अनुसार, इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गरिसक्नुपर्नेछ । यदि आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र आवेदन बुझाउन सकिनेछ ।
आवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको 'नीति, योजना तथा अनुगमन महाशाखा' (सिंहदरबार, काठमाडौं) स्थित सिफारिस समितिको सचिवालयमा पेश गर्नुपर्नेछ ।
उपकुलपति पदका लागि आवेदन दिने उम्मेदवारको योग्यता 'राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४' र 'राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा सम्बन्धी नियमावली, २०७४' बमोजिम हुनुपर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, ०८ : ५२
लेखकबाट थप