एजेन्सी । सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन्। हजारौँ मानिस घर छाड्न बाध्य भएका छन्।
जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति १:१५ मा भूकम्प गएको जनाएको छ। यसको केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा थियो।
भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका अग्ला छाल उठेका थिए। केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। त्यसैले मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ।
जापानका प्रधानमन्त्री साने ताकाइचीले भनेकी छन्, ‘आफ्नो भूकम्प तयारीको पुन: जाँच गर्नुहोस् र भूकम्पको झट्का महसुस हुनासाथ तुरुन्त निस्किन तयार रहनुहोस्।’
समाचार एजेन्सी रोयटर्सका अनुसार लगभग ९० हजार मानिसलाई घर छाड्न आदेश दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
बंगलादेशमा भूकम्प, १० जनाको मृत्यु, ४५० घाइते