एजेन्सी । सोमबार जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो। शक्तिशाली भूकम्पले यस क्षेत्रको तटीय क्षेत्रमा ४० सेन्टिमिटरसम्मको सुनामी आएको थियो।
जापानी मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी टापु आओमोरीको पूर्वमा र होक्काइडो टापुको दक्षिणमा गएको हो, जसको केन्द्रबिन्दु समुद्र सतहभन्दा लगभग ५० किलोमिटर तल थियो।
एजेन्सीले होक्काइडोको उराकावा सहर र आओमोरीको मुत्सु ओगावारा बन्दरगाहमा ४० सेन्टिमिटरसम्मका छाल रेकर्ड गरिएको बताएको छ।
जापानको सरकारी समाचार च्यानल एनएचकेका अनुसार आओमोरीको हाचिनोहे सहरको एक होटलमा धेरै व्यक्ति घाइते भएका छन् र यस क्षेत्रमा रहेका आणविक ऊर्जा प्लान्टमा सुरक्षा निगरानी भइरहेको छ।
प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारले क्षतिको द्रुत मूल्यांकन गर्न आपत्कालीन कार्यदल गठन गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ मंसिर २०८२, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी