६ राजदूतले दिए राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०८२, १५ : ४४
६ राजदूतले दिए राजीनामा

काठमाडौँ । ६ जना राजदूतले राजीनामा दिएका छन् । सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी केही समयअघि फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार, राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ । पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् ।

यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत), रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस