काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्थाले उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहारमा परिवर्तन आएको बताएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै पार्टीले नेतृत्वमा स्थापनाको प्रयास जारी राखेको उल्लेख गरेका छन् ।
सन्देशमा अध्यक्ष ओलीले भनेका छन् “अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापन गर्न व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँच युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना