काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ ।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ।
अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुने नेकपाले जनाएको छ।
पार्टीले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपाले टुंग्यायो उम्मेदवार (सूची)
सुमन सायमी नेकपामा प्रवेश
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपाले हटायो बन्दसूचीबाट पञ्चा सिंहको नाम
२९ गते केन्द्रीय कमिटी घोषणा गर्ने नेकपाको निर्णय