काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
लुम्बिनीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै निरोसश दिकेवालाले ३७ रन बनाउँदा सन्दीप जोराले नटआउट २५ रनको योगदान गरे ।
पोखराका लागि विपिन खत्री, सागर ढकाल र म्याट टेलरले दुई–दुई विकेट लिए । त्यस्तै जिम्मी निशमले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो ।
पोखराका लागि रोसिङ्टनले ८१ रनको अर्धशतकीय पारी खेले । ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै जिम्मी निशमले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उलने ३ चौका र ३ छक्का प्रहार गरे । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । त्यस्तै गुल्बदिन नैबले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै लुम्बिनीले ५ खेलबाट ४ अंक जोडेको छ । पराजित पोखराको चार खेलबाट २ अंक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने