काठमाडौ । बृहत कम्युनिष्ट एकीकरणपछि गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा एकता सन्देश सभा सुरु गरेको छ। जसअनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहितका नेताहरु शुक्रबार धनगढी पुगेका छन् ।
जहाँ शुक्रबार सन्देश सभा आयोजना गरिएको छ । उक्त सभापछि अन्य प्रदेशमा क्रमश: हुँदै जानेगरी यसअघि नै नेकपाले तालिका सार्वजनिक गरिसकेको छ ।
तालिका यस्तो रहेको छ :
लुम्बिनी प्रदेश – मंसिर १३ गते, बाँकेको बेउखुरी
गण्डकी प्रदेश – मंसिर १४ गते, पोखरा
कोशी प्रदेश – मंसिर १५ गते, विराटनगर
उपत्यका विशेष प्रदेश – मंसिर १७ गते, काठमाडौं (हल)
कर्णाली प्रदेश – मंसिर १८ गते, सुर्खेत
संघीय सम्पर्क समन्वय प्रदेश – मंसिर १९ गते, काठमाडौं (हल)
मधेश प्रदेश – मंसिर २० गते, जनकपुर
प्रवासी प्रदेशहरू – मंसिर २१ गते, नेपाली समय अनुसार बेलुकी ६ बजे संयुक्त भर्चुअल कार्यक्रम
बागमती प्रदेश – मंसिर २३ गते, हेटौंडा
उक्त पार्टीकाअनुसार मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको निर्णयअनुसार सबै जिल्लामा एकता सन्देश सभा हुनेछ। मंसिर २९ गते देशभरका सबै स्थानीय पालिकामा एकैदिन सन्देश सभा आयोजना गरिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित
लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं