मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ ।
पशुपतिनगरबाट हेटाैँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भयो, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भयो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु
झापा कारागारका एक कैदीको मृत्यु
सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
ट्रकमा अटो ठोकिँदा महिलाको मृत्यु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु