काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ।
मंगलबार बसेको सचिवालय बैठकले पुराना इन्चार्जलाई धन्यवाद दिँदै अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको हो।
रास्वपाका कोशी प्रदेश इन्चार्ज सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल जिम्मेवारीमा थिए। तीमध्ये कोशी इन्चार्ज परियारले यसअघि नै पार्टी त्यागिसकेका छन्।
सचिवालय बैठकले उनीहरूको स्थानमा अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्ज तोक्ने तयारी गरेको छ। रास्वपा बैठकले पार्टी एकताको प्रक्रियालाई गति दिएर नयाँ जिम्मेवारी तोक्न प्रदेश इन्चार्ज हटाएको जनाएको छ । बैठकले राजनीतिक संवाद, संगठन संरचना र आगामी चुनाव केन्द्रित गतिविधिबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने
रास्वपा महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने