काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ।
मंगलबार बसेको सचिवालय बैठकले पुराना इन्चार्जलाई धन्यवाद दिँदै अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको हो।
रास्वपाका कोशी प्रदेश इन्चार्ज सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल जिम्मेवारीमा थिए। तीमध्ये कोशी इन्चार्ज परियारले यसअघि नै पार्टी त्यागिसकेका छन्।
सचिवालय बैठकले उनीहरूको स्थानमा अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्ज तोक्ने तयारी गरेको छ। रास्वपा बैठकले पार्टी एकताको प्रक्रियालाई गति दिएर नयाँ जिम्मेवारी तोक्न प्रदेश इन्चार्ज हटाएको जनाएको छ । बैठकले राजनीतिक संवाद, संगठन संरचना र आगामी चुनाव केन्द्रित गतिविधिबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक