एजेन्सी । युक्रेनका सुरक्षा प्रमुखले रुससँगको युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी रहेको र यसै महिना राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको संयुक्त राज्य अमेरिका भ्रमणको व्यवस्था गर्ने प्रयास गरिरहेको बताएका छन्।
यद्यपि अमेरिकाले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच कुनै पनि वार्ताको सम्भावनाको पुष्टि गरेको छैन।
अमेरिकाले आफ्ना अधिकारीहरूले रुस-युक्रेन युद्धको सम्बन्धमा अबुधाबीमा रुसी प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम रहेको बताएको छ।
एक अमेरिकी अधिकारीले बीबीसीलाई बताएअनुसार युक्रेन 'शान्ति सम्झौतामा सहमत भएको छ', यद्यपि 'केही मुद्दालाई अन्तिम रूप दिन बाँकी छ।'
युक्रेनको सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभले मंगलबार जेनेभामा अमेरिका र युक्रेनबीच भएको वार्ता सम्झौताका प्रमुख सर्तमा 'साझा समझदारी'मा पुगेको बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० मंसिर २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक