एजेन्सी । युक्रेनका सुरक्षा प्रमुखले रुससँगको युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी रहेको र यसै महिना राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको संयुक्त राज्य अमेरिका भ्रमणको व्यवस्था गर्ने प्रयास गरिरहेको बताएका छन्।
यद्यपि अमेरिकाले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच कुनै पनि वार्ताको सम्भावनाको पुष्टि गरेको छैन।
अमेरिकाले आफ्ना अधिकारीहरूले रुस-युक्रेन युद्धको सम्बन्धमा अबुधाबीमा रुसी प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम रहेको बताएको छ।
एक अमेरिकी अधिकारीले बीबीसीलाई बताएअनुसार युक्रेन 'शान्ति सम्झौतामा सहमत भएको छ', यद्यपि 'केही मुद्दालाई अन्तिम रूप दिन बाँकी छ।'
युक्रेनको सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभले मंगलबार जेनेभामा अमेरिका र युक्रेनबीच भएको वार्ता सम्झौताका प्रमुख सर्तमा 'साझा समझदारी'मा पुगेको बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० मंसिर २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी