काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार थापाले लेखेका छन्, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ ।’
‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ थापाले फेसबुकमा लेखेका छन् ।
टिकट वितरणकै लागि आफूहरूले निर्वाचन अगाडि महाधिवेशन भनेको थापाले उल्लेख गरेका छन् ।
‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ,’ थापाले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
टिकट वितरणमा हात बाँधिएको छ, असन्तुष्टि बिर्सेर रुख चिह्न लिएर आउनेलाई जिताउनुस् : गगन थापा
टिकट बाँड्न गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो