काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ ।
समिति सचिवालयका अनुसार घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
११५ दिनमा कुलमानले गरे यि काम (सूचीसहित)
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
'वैकल्पिक शक्तिहरू सबै एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ' : कुलमान घिसिङ
नयाँ शक्तिहरू एक हुन्छौँ’ : कुलमान घिसिङ