काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ ।
समिति सचिवालयका अनुसार घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं-३ मा कुलमानले गराए उम्मेदवारी दर्ता
हामी दुर्घटनामा परेका थियौँ, बाहिर आयौँ’: कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
११५ दिनमा कुलमानले गरे यि काम (सूचीसहित)
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'