कस्तो रहला आज देशभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०८२, ०६ : ३६
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भाना छ । कोसी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस