काठमाडौ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अहिलेको मौसम उपयुक्त रहेकाले सडक निर्माणको कामलाई तिव्रता दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
विभिन्न सडकको निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफलमा मन्त्री घिसिङलले काम गर्न अहिलेको माैसम उपयुक्त रहेको भन्दै निर्माणलाई तिब्रता दिन आग्रह गरेका हुन्।
मन्त्री घिसिङले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई तीव्रता दिएर आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरेका छन्। ‘अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव हुँदैन,’ मन्त्री घिसिङले भने।
सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजना निर्माणको काम प्रभावित हुँदै आएको छ।
यसैबीच भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ।
यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ। हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ।
मन्त्री घिसिङले सूर्यविनायक-धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका हुन्। आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ। आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुर क्रिकेट रङ्गशाला हस्तान्तरणसँगै नेपालको क्रिकेट उज्यालो भविष्यतर्फ : मन्त्री घिसिङ
मेलम्चीको अवरोध हटाउन पहलका लागि हेलम्बुका अध्यक्षसँग कुलमानको आग्रह
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम
बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान